Rule 43
कोषको सञ्चालन
(१) सामुदायिक वन उपभोक्ता समूहको कोषको खाता अध्यक्ष र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ।

(२) सामुदायिक वन उपभोक्ता समूहले कोषको रकम खर्च गर्दा वार्षिक साधारण सभाले स्वीकृत गरेको कार्यक्रम र योजना अनुसार मात्र खर्च गर्नु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूहको कोषको रकमबाट चन्दा दिन पाइने छैन।

(३) सामुदायिक वन उपभोक्ता समूहले ऐनको दफा २२ बमोजिम सञ्चालन गरिने कार्यक्रम र आम्दानी खर्चको सम्बन्धमा कम्तीमा वर्षको एक पटक सार्वजनिक सुनुवाई गरी साधारण सभाबाट पारित गरी कार्यान्वयन गर्नु पर्नेछ।

(४) सामुदायिक वन उपभोक्ता समूहले आफ्नो चल अचल सम्पत्ति, आम्दानी र खर्चको लेखा तथा अभिलेख दुरुस्त राख्नु पर्नेछ र आम्दानी तथा खर्चको प्रचलित कानून बमोजिम वार्षिक लेखापरीक्षण गर्नु पर्नेछ।

(५) डिभिजनल वन अधिकृत वा निजले खटाएको कर्मचारीले सामुदायिक वन उपभोक्ता समूहले राखेको लेखा र अभिलेख जाँचबुझ गर्न सक्नेछ ।